- Price includes shipping
- Kathakalpa – Published by HAAT GHAR. All rights reserved.
- Story behind the book
- कथाको किताब छाप्ने र १३ जुलाई २०२२ का दिन विमोचन गर्ने प्रतिबद्धतासहित एउटा योजना १३ जुलाई २०२१ , भानु जयन्तीका दिन हाट घरको पुस्तक घरको उद्घाटन कार्यक्रमको अवसरमा ग्रहण गरिएको थियो । इ माध्यमद्वारा भएको उक्त कार्यक्रममा कवि डा खिलानाथ शर्मा मुख्य अतिथि हुनुहुन्थ्यो । योजनाअनुसार हाट घरका साथीहरूले अथक काम गर्नुभयो । कथाकार साथीहरूले यसमा सप्रेम सहयोग गर्नुभयो । अपेक्षाअनुसार धेरै कथाहरू प्राप्त भएको हो तर ती जम्मै कथाहरूलाई पुस्तकमा समावेश गर्न सकिएन । केही कथाहरू अत्यन्त छोटा ( एक पृष्ठ ) र केही भने अत्यन्त लामा( पचास पृष्ठ ) हुनाले पनि यस्तो भएको हो । हाट घरलाई यसका लागि ठुलो खेद छ र भविष्यमा फेरि अर्को पुस्तकमा यहाँहरूलाई जोड्ने अवसर प्राप्त हुनेछ भन्ने आशा राखिएको छ ।
- About HAAT GHAR
- हाट घर एउटा इ-कमर्स प्लाटफर्म हो । मई २०२१ मा यसको स्थापना दार्जिलिङका दुई मेधावी इञ्जिनियरहरूले गरेका हुन्। यसको आफ्नो वेभसाइट र स्मार्ट एप छ । कुनैपनि अत्याधुनिक डिजिटल माध्यमबाट यससँग सजिलै युक्त हुन सकिन्छ । यसको व्यवसाय क्षेत्र सम्पूर्ण भारत हो । डिजिटल नेटवर्कले छोएका भारतका सबै गाउँ ठाँउ र सहरमा यसको सेवा उपलब्ध छ । यस संस्थाले विशेषगरि उत्तर बङ्गाल, दार्जीलिङ, सिक्किम र पूर्वोत्तर राज्यका आञ्चलिक संसाधनहरूलाई व्यवसायिक माध्यमद्वारा देशको आर्थिक मूलधारासित जोड्ने योजना राखेर काम गरेको छ । यसले स्थानीय स्वाद, संस्कार, सिप, कौशल, कला, संस्कृति इत्यादिलाई सर्व भारतीय स्तरमा मूल्याङ्कन गराउन सक्ने आधार तयार गरेको छ । यसले आधुनिक अवसर नपाएका घरेलु उत्पादक, खेतिवाला, स्थानीय ब्यवसायी, वितरक, बुनकर, शिल्पकार, कलाकार सबैलाई डिजिटल विनिमयसित जोडेको छ साथै देशका विविध ठाउँमा रहेका उपभोक्ताहरूलाई आञ्चलिक उत्पादका प्रयोजनीय सेवा नियमित रूपमा उपलब्ध गरिरहेको छ । आज हाट घरसित २० भन्दा बढी स्थानीय ब्रान्डहरु जोडिएका छन् । हालमा, हाट घरको बजारमा ७५० भन्दा बढी उत्पादहरूको विनिमय सेवा ७×२४ निरन्तर चलिरहेको छ । यसले बितेको एक वर्षमा ५५०० भन्दा बढी अर्डर भारतभरिका ग्राहकसम्म पुर्याएको छ । हाट घरभित्र एउटा व्यवस्थित पुस्तक घर छ जसको उदघाटन १३ जुलाई २०२१ मा भएको हो । यस संस्थाले नेपाली भाषाका पुस्तक अनि यस अञ्चलमा प्रकाशित सबै भाषाका पुस्तकहरूको बिक्री वितरण गर्ने अभीष्ट राखेको छ । यस पुस्तक घरभित्र आज तिनसय विविध पुस्तकहरू छन् । आजसम्म यसले देश भरिका विभिन्न क्षेत्रहरुमा पुस्तकहरू पाठकको सेवामा पुर्याएको छ । विद्यार्थीहरूका निम्ति यसले लाभकारी छुटको प्रावधान पनि राखेको छ । यसरी हाट घरले विद्यार्थी, शिक्षक, लेखक, साहित्यकार, प्रकाशक, वितरक र पाठक सबैलाई एउटै मञ्चमा समावेश गरेको छ र पठन संस्कृतिको विमर्शमा पनि आफूलाई सजग राखेको छ । हाट घर आज भारतको सबै भन्दा ठुलो अनलाइन् नेपाली पुस्तक विक्रेता संस्था हो । यसले युवाहरूलाई रोजगारको अवसर जुटाएको छ भने व्यवसायिक क्षेत्रमा आफ्नो अनुभव र संज्ञान विकास गर्ने सुनौलो बाटो दिएको छ । बितेको १ वर्षमा यसका कैयौँ सजग उपभोक्ताहरू छन्, यसको स्मार्ट एप १५००० भन्दा बेसी पल्ट डाउनलोड भएको छ ।
कथाकल्प (कथा सङ्ग्रह) | Kathakalpa ( Short Story Collection)
₹275
- पहिलो संस्करण – २०२२
- विधा – कथा सङ्ग्रह
- प्रकाशक – हाट घर
- कार्यालय – डागापुर, सिलगढी
- सम्पादक – रेमिका थापा
- सम्पादन सदस्य – राजकुमारी दाहाल, राजीव विश्वकर्म
- मूल्य – ₹ २७५
- सर्वाधिकार – हाट घर (HAAT GHAR)
- सम्पर्क – [email protected] / + 91 9933 66 4358
- ISBN – 978-81-957463-0-9
Description
Reviews (0)
Be the first to review “कथाकल्प (कथा सङ्ग्रह) | Kathakalpa ( Short Story Collection)” Cancel reply
Related products
प्रकाश ‘कोविद- उपन्यास संग्रह-भाग 7 | Prakash Kovid – Novel Collection – Part 7
Rated 3.00 out of 5
₹450
Reviews
There are no reviews yet.