- पृथ्वी, पर्यावरण अनि प्रकृति पर्यायवाची रूपमा प्रयोग हुने शब्द भए तापनि यी तीन एकै होइनन् । पृथ्वी, पर्यावरण अनि प्रकृति प्रकार्यगत रूपले भिन्न छन्। पृथवी हाम्रो सौर्यमण्डलमा अवस्थित नौवटा ग्रहहरूमध्ये एउटा हो जहाँ जीवन छ। यहीं ग्रहलाई स्वच्छ पार्ने, सुन्दर र जीवन युक्त पार्ने वरिपरिका हरिया पहाड पर्वत, खोलानाला, वन जगल, माटो, हावा, पशु प्राणी सबै पर्यावरण हुन् । यी समस्त जीव अनि जैवलाई सन्तलित पार्ने, जीवन दिने साथै पारिस्थितिकीय रूपमा सन्तुलित बनाउने शक्ति चाहिँ प्रकृति हो। प्रकृति देखिने विषय होइन यो अनुभूत गरिने विषय हो । परिवेश विमर्शले साहित्यका माध्यमद्वारा प्रकृतिको सुरक्षा र सन्तुलनको चर्चा गर्नु पर्छ भन्ने विचार राख्छ। पर्यावरण र जलवायुको सुरक्षाका लागि थुप्रै सेमिनार, गोष्ठीहरू भए तापनि प्रकृतिको शोषण कम भएको छैन । तसर्थ साहित्य मात्रै एउटा यस्तो विषय हो जुन मानिसका चेतनासम्म पुग्न सक्छ। अबको हरियो साहित्य मानिसको चेतनासम्म पुगेर विनाश र नकारात्मक प्रवृत्तिले लिप्त भइसकेको चेतनालाई परिवर्तन गर्नु पर्छ। जब मानिस चेतनाबाटै परिवर्तन हुँदछ तब मात्रै उसले आफैलाई पनि प्रकृति ठान्दछ। त्यसैले परिवेश विमर्श हरियो सङ्कथन पनि हो। आफूभित्रको आध्यात्मिकतालाई हरियो वा प्रकृतिमय बनाउनु पर्छ अनि यो कार्य केवल साहित्यले मात्रै गर्न सक्तछ । तसर्थ परिवेश विर्मशले हरित आध्यात्मिकताको सड़केत पनि गर्दछ।
Reviews
There are no reviews yet.